सिटी होटेल लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार यस आईपिओमा कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो। जस मध्ये १९ हजार ७ सय ३९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफांड गरिएको छ । जस अनुसार १६ हजार ७ सय ४० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदन भने हात खाली भएका छन् ।






