माई खोला हाइड्रोपावरको आईपीओमा करिब साढे १० लाखको आवेदन, ९.२४ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
माई खोला हाइड्रोपावरको आईपीओमा करिब साढे १० लाखको आवेदन, ९.२४ गुणा बढी शेयर माग

माई खोला हाइड्रोपावर लिमिटेडले बैशाख ८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब साढे १० लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः०३ बजेसम्ममा १० लाख ४६ हजार ६५ आवेदनबाट १ अर्ब १७ करोड ३० लाख १२ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ३० हजार १२० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको १२ लाख ६९ हजार ४११ कित्ता शेयरको ९.२४ गुणा बढी हुन आउँछ ।

कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको ४९ प्रतिशतले दरले हुने आउने १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ ह्जार ५६८ कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ९२ हजार १५७ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै कम्पनीको जारी पूँजीको ३९ प्रतिशत अर्थात १५ लाख २९ हजार ४११ कित्ता शेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको १ लाख ५२ हजार ९४१ कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

Read More
  • EBL Ad news