शिवमको सेयर आईपीओकै मूल्यमा झर्न लाग्दा कसले किन्ला घोराहीको ४३५ रुपैयाँको महंगो आईपीओ ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शिवमको सेयर आईपीओकै मूल्यमा झर्न लाग्दा कसले किन्ला घोराहीको ४३५ रुपैयाँको महंगो आईपीओ ?

सिमेन्ट उत्पादन र बिक्रीका क्षेत्रमा चर्को प्रतिस्पर्धासगै मूल्य खस्केर उत्पादन लागत पनि धान्न गाह्रो भईरहेको बेला घोराही सिमेन्टले प्रति कित्ता ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँमा ७५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) बिक्री गर्न धितोपत्र बोर्डबाट हालै स्वीकृति पाएको छ ।

निजी क्षेत्रको चर्चित सिमेन्ट उत्पादक कम्पनी शिवम सिमेन्टको सेयर दोस्रो बजारमा आईपीओको मूल्य भन्दा तल झर्न थालेको बेला घोराहीले महंगोमा आईपीओ बिक्री गरेर अर्बौ रुपैयाँ सर्वसाधारणबाट संकलन गर्ने सपना बुन्दै सेयर बिक्रीको सूचना जारी गरेको छ ।

शिवम सिमेन्टले चार बर्ष अगाडि स्थानीयबासीलाई प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ र देशभरिका सर्वसाधारणलाई ४०० रुपैयाँ प्रतिकित्तामा ५२ लाख कित्ता सेयर बिक्री गर्ने प्रयास गरेको थियो तर चर्को मूल्यका कारण त्यति खेर सेयर बिक्री हुने संभावना नभएपछि स्थानीयवासीलाई २०० रुपैयाँ र देशभरिका सर्वसाधारणलाई ३०० रुपैयाँमा सेयर बिक्री गर्न खोज्दा पनि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई हम्महम्मे परेको थियो । अहिले शिवमको सेयर मूल्य ३९० प्रतिकित्तामा झरिसकेको छ र बढ्दो आपुर्ति र बजारको अवस्थाले अरु गिरावट नआउला भन्न सकिन्न ।

घोराही सिमेन्टले शिवमले त्यतिबेला सेयर बिक्री गर्न नसकेर खाएको गोता र त्यसपछि अनेक बहानामा मूल्य उचालेर माथि पुगेको बेला सर्बसाधारण लगानीकर्ताहरु शिवममा फसेको घटनाबाट पाठ नसिकी महँगो मूल्यमा सेयर बिक्री गर्न खोज्नु र धितोपत्र बोर्डले कम्पनीको योजनामा लाहाछाप लगाउनुले आईपीओ बिक्रीमा शिवमकै घटनाको पुनराबृत्ति हुने संभावना बढेको छ । घोराहीले स्थानीयबासीका लागि प्रतिकित्ता ४०० रुपैयाँमा ३ लाख ९७ हजार कित्ता र देश विदेशका सर्वसाधारण नेपालीका लागि ४३५ रुपैयाँ प्रतिकित्तामा ७५ लाख ४६ हजार कित्ता सेयर बिक्री गर्न स्विकृति पाएको छ ।

Read More
  • EBL Ad news