नयाँ स्टकसँगै नयाँ प्रडक्ट आउने आशा, अब इन्ट्रा डे र सर्ट सेलिङको पनि सम्भावना


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ स्टकसँगै नयाँ प्रडक्ट आउने आशा, अब इन्ट्रा डे र सर्ट सेलिङको पनि सम्भावना

काठमाडौं : नयाँ स्टक र कमोडिटी एक्सचेन्जका लागि आवेदन दिने समय आइतबार सकिएको छ । निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्जका लागि ३ वटा कम्पनीको आवेदन परेको छ । कमोडिटीतर्फ भने ४ वटाले आवेदन दिएका छन् । आवेदन परेका कम्पनीहरु मध्येबाट छनोट गरेर बोर्डले एउटा कम्पनीलाई मात्र स्टक एक्सचेन्ज सञ्चालनको अनुमति दिनेछ । हाल सञ्चालनमा रहेको एउटा मात्र नेपाल स्टक एक्सचेन्जले लगानीकर्तालाई नयाँ प्रडक्ट दिन नसकेको र सरकारको मुख्य लगानी भएकाले सामान्य निर्णय गर्न पनि थुप्रै समय लाग्ने गरेको भनेर आलोचना हुने गरेको छ ।

नेप्सेलाई प्रतिस्पर्धी बनाउन अनि बजारमा नयाँ प्रडक्ट र प्रविधि भित्र्याउनुपर्ने भन्दै लगानीकर्ताले नयाँ स्टक एक्चेन्जको माग गर्दै आएका थिए । आइतबार आवेदन दिने समय समाप्त भएसँगै अब लगानीकर्ताको माग पूरा हुने लगभग निश्चितजस्तै भएको छ । लगानीकर्ताहरु नयाँ प्रडक्ट पाउनेमा पनि विश्वस्त रहेका छन् । नेप्सेका पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउद नेपालको पुँजी बजार विकास र विस्तार गर्ने हो भने निजी क्षेत्रलाई एक्सचेन्ज जरुरी रहेको बताउँछन् ।

Read More
  • EBL Ad news