१० वैशाख, काठमाडौं । बैंकहरुको खराब वित्तीय विवरणले सेयर बजारमा निराशा बढाएको छ । यसका कारण सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १८.८० अंकले घटेर १८८५.६० अंकमा बन्द भएको छ ।
चैत अन्तिममा बैंकहरुले निक्षेपको ब्याजर घटाउन निर्णय गरेका थिए । यही बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने संकेत गरेपनि त्यसले सेयर लगानीकर्तामा भने उत्साह बढाउन सकेन ।






