गूगल र ई विस्को इंक करको दायरामा, 'फेसबुक, ट्वीटर, टिकटक लगायत आउन बाँकी'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गूगल र ई विस्को  इंक करको दायरामा, 'फेसबुक, ट्वीटर, टिकटक लगायत आउन बाँकी'

काठमाडौं । विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि लागू भएसँगै गूगल नेपालको कर कार्यालयमा दर्ता भएको छ । सिंगापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गूगल नेपालमा दर्ता भएको हो ।

आन्तरिक राजस्व विभागका अनुसार  Google सँगै  ई विस्को इंक पनि दर्ता भएको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अरू कम्पनीले पनि चासो देखाइरहेका छन् । पेमेन्ट सिस्टमलाई व्यवस्थित बनाउँदै अन्यलाई समेत करको दायरामा ल्याउन लागिएको मैनालीले आर्थिक अभियानलाई जानकारी दिए ।

चालू आर्थिक वर्ष (आव) को बजेटमार्फत अर्थ मन्त्रालयले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा कर असुल गर्ने नीति लिएको छ । 

त्यसलाई कार्यान्वयन गर्न विद्युतीय सेवा कर (Digital Services Tax) सम्बन्धी कार्यविधि बनाइएको थियो । कार्यविधि लागू भएसँगै दुई संस्था दर्ता भएको र यसले अन्य सेवाहरू समेत करको दायरामा आउने बाटो खुलेको महानिर्देशक मैनालीको भनाइ छ । 

Read More
  • MBL - below news