वासिङटन डिसी : माइक्रोब्लगिङ साइट ट्विटरले लिगेसी भेरिफाइड अकाउन्ट अर्थात् भुक्तान नगरिएका खाता(अनपेड अकाउन्ट)बाट ब्लुटिक हटाएको छ। बिहीबार राति १२ बजेबाट लिगेसी भेरिफाइड खातामा निलो टिक हटाइएको हो ।
नेपाल भारत लगायत सबै देशका राजनीतिज्ञ, अभिनेता, पत्रकार, गायक र सेलिब्रेटीहरुको भुक्तान नगरिएको खाताबाट ब्लु टिक हटेको छ। एक साताअघि नै ट्विटरका मालिक एलन मस्कले ब्लु टिक हटाउने घोषणा गरेका थिए ।
मस्कले अप्रिल १२ मा २० अप्रिलबाट ब्लुटिक हट्न थाल्ने बताएका थिए। उनले ब्लु टिक लिन चाहनेले 'ट्विटर ब्लू' को सशुल्क सदस्यता लिनुपर्ने बताएका थिए। अर्थात् मासिक शुल्क तिरेपछि मात्रै प्रयोगकर्ताको निलो टिक जारी रहनेछ । बीबीसी








