माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणम आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आइपीओ जारी गर्नको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सोहि प्रयोजनको लागि बिहीबार कम्पनीले लक्ष्मी क्यापिटलसँग सम्झौता गरेको हो।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्ग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन्।




