काठमाडौं : मेन्छियाम हाइड्रोपावरको आइपीओमा १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (वैशाख ७ गते) सम्म १२ लाख २८ हजार २०० जनाले १ करोड ३५ लाख ७ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १४.४४ गुणा बढी आवेदन हो । तसर्थ, यसमा ९३ हजार ४९१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ३४ हजार ७०९ जना भने आइपीओ पाउनबाट बञ्चीत हुनेछन् ।
कम्पनीले वैशाख ४ गतेदेखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो ।






