काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ वैशाख ८ गते शुक्रवार बाँडफाँट गर्दै छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडले दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतली, काठमाडौंमा आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो । कम्पनीले सर्वसाधारणमा चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म आईपीओ विक्री गरेको थियो ।
सर्वसाधारणमा विक्री गरिएको १२ लाख ७१ हजार ८६१ कित्ता कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ३९ हजारभन्दा बढीले १ करोड ४७ लाखभन्दा बढी कित्ता शेयर खरीद माग गरेका छन् । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । १ लाख २७ हजार १८६ जना आवेदकले १० कित्ताका दरले यो शेयर प्राप्त गर्नेछन् । बाँकी एक कित्ता शेयर भने यीमध्येकै एक जनामा थप हुनेछ ।






