घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।
कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो। जस मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कितात शेयर सर्वसाधारणलाई निष्काशन हुने छ । कम्पनीले स्थानीयलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४०० र सर्वसाधारणलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४३५ रुपैयाँ कायम गरेको छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति माग गर्दै साउन ९ गते बोर्डमा आवेदन दिएको थियो ।





