काठमाडौं । कुमारी बैंक लिमिटेड र सेलट्रोन नेपाल प्रालिबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंकका क्रेडिट कार्डवाहकहरूले सेलट्रोन नेपालबाट अनर ब्राण्डका मोबाईल फोनहरू खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै तिर्न सक्नेछन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्यमार्फत सेलट्रोन नेपालमा पाइने अनर ब्राण्डका विभिन्न मोबाईल फोनहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने व्यवस्था गरेको हो ।





