एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता

एभरेष्ट बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बिच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । आज मिति २०८० वैशाख ५ गते भएको सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश घिमिरेले हस्ताक्षर गर्नुभयो । सो कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र बैंकका नायब महाप्रबन्धक श्री केशव राज पौडेल कर्जा विभाग प्रमुख श्री अन्जु शर्मा र बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीको उपस्थिति रहेको थियो।

सम्झौतापत्रमा हस्ताक्षर भए सँगै एभरेष्ट बैंक लिमिटेडले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. दश लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. बीस लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति रु. दश लाखसम्म, भूकम्प पीडितको निजी आवास निर्माण कर्जामा प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म, सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय संचालन गर्न प्रदान गरिने कर्जामा प्रतिव्यक्ति दश लाखसम्म, सशस्त्र द्धन्द्धबाट प्रभावित व्यक्तिको लागि प्रदान गरिने स्वरोजगार कर्जामा प्रतिव्यक्ति वा परिवार दश लाख रुपैयासम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने रु. पन्ध्र लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

  • MBL - below news