नेप्से १५.१३ अंकले बढ्दा ४१ कम्पनीको सेयर मूल्य घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से १५.१३ अंकले बढ्दा ४१ कम्पनीको सेयर मूल्य घट्यो

६ वैशाख, काठमाडौं । लगातार चार कारोबार दिन घटेको सेयर बजार पाँचौ‌ं दिन भने दोहोरो अंकले बढेर बन्द भएको छ । नयाँ वर्ष २०८० सुरु भएपछि लगातार घटेको बजार परिसूचक नेप्से बुधबार भने बढेर बन्द भएको हो । बुधबार सेयर बजार मापक नेप्से १५.१३ अंकले वृद्धि हुँदा १९२०.१२ अंकमा बन्द भएको हो ।

म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उकालो लागेको छ । विकास बैंक उपसूचक सर्वाधिक १.२७ प्रतिशतवे वृद्धि हुँदा व्यापार र फाइनान्स उपसूचक पनि १ प्रतिशत भन्दा माथिले वृद्धि भएको हो ।

Read More
  • EBL Ad news