भारतीय सेयर बजार : ९ महिनामा ५३ लाख लगानीकर्ता बजारबाट पलायन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय सेयर बजार : ९ महिनामा ५३ लाख लगानीकर्ता बजारबाट पलायन

काठमाडौं : भारतीय ब्रोकरहरुले प्रत्येक महिना नयाँ डिम्याट खाता खोल्दै गर्दा पुराना ग्राहकहरु भने क्रमिकरुपमा बजारबाट पलायन हुँदै गएका छन् । महिनौंसम्म नकारात्मक वा बिना कुनै प्रतिफल बजारमा टिक्न गाह्रो हुँदै गएपछि सक्रिय लगानीकर्ताहरुको संख्यामा कमी आएको हो । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) को पछिल्लो तथ्यांकअनुसार विगत ९ महिनामा सेयर बजारका सक्रिय क्लाइन्टहरुको संख्या ५३ लाखले घटेको छ । 

 

एनएसईमा सक्रिय लगानीकर्ताहरु लगातार नवौं महिना घटेर मार्च महिनामा ३.२७ करोडमा सीमित भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । सन् २०२२ को जुन महिनामा भने एनएसईमा सक्रिय लगानीकर्ताहरुको संख्या ३.८ करोड रहेको थियो । यता, रिटेल ग्राहकहरु कोभिड लक डाउनको समयमा जस्तै सेयर ट्रेडिङमा उत्साहित नरहनुका ३ वटा संकेत पाइएको छ । पहिलो, आर्थिक वर्ष सन् २०२३ मा खुद्रा कारोबार ४ खर्ब ९२ अर्ब भारतीय रुपैयाँमा सीमित भएको छ ।

Read More
  • EBL Ad news