डिजिटाइजेसनमा क्रान्ति


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटाइजेसनमा क्रान्ति

काठमाडौं : वित्तीय सेवामा ६० को दशकभन्दा ७० को दशकमा खासै परिवर्तन नदेखिए पनि मुलुक विद्युतीय भुक्तानीमा फड्को मार्न सफल भएको छ। समयको कालखण्डले अधिकांश कारोबार अनलाइन भुक्तानीमा परिणत भएको छ। कोभिड– १९ का कारण विद्युतीय भुक्तानीको सुरुवात गरेको देखिन्छ। परिणामस्वरूप वालेट, मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका माध्यमबाट नगदरहित कारोबार फस्टायो। यसर्थ यो दशकलाई डिजिटाइजेसनमा क्रान्तिको संज्ञा दिन सकिने सरोकारवालाहरू बताउँछन्।

बैंकिङ क्षेत्रसँगै समग्र मुलुकमा ई–पासपोर्ट, स्मार्ट लाइसेन्स, विद्युतीय माध्यमबाट राष्ट्रिय परिचयपत्रको सुविधालगायतमा डिजिटाइजेसन भएको दशक बनेको अनुभव गर्न सकिन्छ। अधिकांश सरकारी कामहरू पनि डिजिटाइजेसनमा परिणत भएका छन्। यसै क्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी यो दशकमा बैंकिङ क्षेत्रले डिजिटाइजेसनमा ठूलो फड्को मारेको अनुभूति गर्छन्। ‘अघिल्लो दशकमा अनलाइन सपिङ खासै थिएन तर ७० को दशकमा फुडमान्डु, दराजलगायतका अनलाइनबाट खाना, खाजा अर्डरदेखि कपडाजस्ता उपभोग्य वस्तुहरू खरिद गर्ने प्रचलन बढेको छ,’ उनले अन्नपूर्णसँग भने।

Read More
  • MBL - below news