मेन्छियाम हाइड्रोपावरको आइपीओ ६ लाख ७२ हजारले भरे, ७.९६ गुणा बढी सेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेन्छियाम हाइड्रोपावरको आइपीओ ६ लाख ७२ हजारले भरे, ७.९६ गुणा बढी सेयर माग

काठमाडौं : मेन्छियाम हाइड्रोपावरको आइपीओमा ७४ करोड ५० लाख ७१ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज (वैशाख ५ गते) सम्म ६ लाख ७२ हजार ६९१ जनाले ७४ लाख ५० हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.९६ गुणा बढी आवेदन हो । 
 

कम्पनीले सोमबार (वैशाख ४ गते) देखि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । 

Read More
  • EBL Ad news