८ महिनामा ६.६% ले घट्यो सेयर धितो कर्जा, ७५ अर्ब रुपैयाँ प्रवाह


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
८ महिनामा ६.६% ले घट्यो सेयर धितो कर्जा, ७५ अर्ब रुपैयाँ प्रवाह

काठमाडौं : चालु आर्थिक वर्षको ८ महिनामा सेयर धितो कर्जा ६.६% ले घटेको छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाले ७५ अर्ब १८ करोड ६८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकको तथ्यांक अनुसार १ करोडभन्दा माथि, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म र २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा असार मसान्तको तुलनामा घटेको छ ।

यता, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह भने बढेको छ । ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जा प्रवाह १०.८% ले बढेर ११ अर्ब ७० करोड ४५ लाख रुपैयाँ पुगेको छ । १ करोडभन्दा माथिको कर्जा ५.३% ले घटेर ४४ अर्ब १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ । यता, २५ लाखदेखि ५० लाख रुपैयाँसम्म र २५ लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा दुवै १७.१% ले घटेको छ । 

Read More
  • EBL Ad news