आठ महिनामा साढे २ खर्बको धितोपत्र सूचीकृत


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आठ महिनामा साढे २ खर्बको धितोपत्र सूचीकृत

काठमाडौँ — चालु आर्थिक वर्षको आठ महिनामा २ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त अवधिमा साधारण सेयर, विकास ऋणपत्र, बोनस सेयर, सामुहिक लगानी कोष इकाइ र हकप्रद सेयर गरी २ खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ ।

जसअनुसार ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, १ खर्ब ४५ अर्ब ५ करोड बराबरको साधारण सेयर, २५ अर्ब ५९ करोड बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड बराबरको सामुहिक लगानी कोष इकाइ र ४ अर्ब ११ करोड रुपैयाँ बराबरको हकप्रद सेयर सूचीकृत भएको नेप्सेको तथ्यांक छ । ‘नेपाल स्टक एक्सचेन्जमा २०७९ फागुन मसान्तमा सूचीकृत ७ अर्ब १२ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ,’ नेप्सेले भनेको छ ।

Read More
  • EBL Ad news