५ चैत, काठमाडौं । नयाँ आर्थिक वर्ष लागेपछि तेस्रो दिन सहित लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से ३.०७ अंकले गिरावट हुँदा १९०४.९८ अंकमा बन्द भएको छ ।
नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार करिब ३ अंकको सामान्य गिरावट भएको नेप्से ४ वैशाख सोमबार २३.६३ अंकले गिरावट भएको थियो । नेपाल राष्ट्र बैंकको खुकुलो मौद्रिक नीति ल्याउने संकेत र बैंकर्स संघको ब्याजदर घटाउने निर्णयपछि २९ चैत बुधबार नेप्से एकैदिन ९३ अंकले वृद्धि भएको थियो । बिहीबार नै २९.०८ अंकको गिरावट भएको नेप्से त्यसपछि नयाँ वर्षको लगातार तेस्रों दिन पनि गिरावट भएको हो ।






