शेयर बजारमा पहिलो पटक कुन शेयर किन्ने र बेच्ने परामर्श दिने तयारीमा ब्रोकर, कुन कुन ब्रोकरले दिने तयारी गर्दै छन् ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर बजारमा पहिलो पटक कुन शेयर किन्ने र बेच्ने परामर्श दिने तयारीमा ब्रोकर, कुन कुन ब्रोकरले दिने तयारी गर्दै छन् ?

सुवास निरौला

शेयर बजारमा कुन शेयर किन्ने र कुन शेयर बिक्री गर्ने भनेर कसैले कसैलाई आधिकारिक रुपमा सुझाव वा परामर्श दिन पाइँदैन। तर शेयर बजारमा यस्ता सुझाव र सल्लाह सित्तैमा दिने र लिने प्रचलन भने पहिलेदेखि नै छ। जुन वैधानिक भने होइन।

यस अघि ब्रोकर कम्पनीले यस्तो सेवा दिन पाउनु पर्छ भन्ने माग गर्दै आइरहेका थिए। जसलाई धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०७९ को पाँचौँ संशोधन गर्दै सम्बोधन गरिदिएको थियो। सोही नियमावलीले गरेको व्यवस्था अनुसार लगानी परामर्श सेवा दिने तयारीमा चार ब्रोकर कम्पनी रहेका छन्। जसमा तीन ब्रोकर कम्पनी भने नयाँ हुने छन् भने एक पुरानै ब्रोकरले लगानी परामर्श सेवा दिने छ।

नियमावलीले गरेको व्यवस्था अनुसार पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीले लगानी परामर्श सेवा दिन सक्छ। जस अनुसार चार कम्पनीले उक्त सेवा समेत उपलब्ध गराउने मनसाय व्यक्त गर्दै बोर्डमा निवेदन दिएका छन्। जसमा मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटी, शनि सेक्युरिटिज र सेन्चुरी स्टक ब्रोकर छन्। निवेदन दिने तीनले नयाँ लाइसेन्स पाएमा उक्त सेवा दिन सक्ने छन् भने पुरानो शनि सेक्युरिटिज स्तरोन्नति भई पूर्ण कालिन ब्रोकर भएमा उसले समेत लगानी परामर्श सेवा दिन पाउने छ। किनकि नियमावलीमा पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीले गर्न सक्ने काम बारे बोलेको छ। “(घ) खण्ड (ख) बमोजिमको कार्य गर्ने धितोपत्र दलाल व्यवसायीले खण्ड (ग) बमोजिमको कार्यका अतिरिक्त मार्जिन कारोबार सम्बन्धी कार्य गर्न। (२) उपनियम (१) को खण्ड (ख) बमोजिमको कार्य गर्ने धितोपत्र दलालले सो खण्ड बमोजिमको कार्यका अतिरिक्त धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम ५ बमोजिम अनुमति लिई लगानी परामर्श सेवा सम्बन्धी कार्य र लगानी व्यवस्थापन सम्बन्धी कार्य गर्न सक्नेछ” नियमावलीमा भनिएको छ।

Read More
  • EBL Ad news