नेप्से सूचक २३ अंकले घट्यो, ९२ करोडको कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से सूचक २३ अंकले घट्यो, ९२ करोडको कारोबार

काठमाडौँ । दोस्रो दिन सेयर बजार परिसूचक नेप्सेमा २३ अंकमाथिको गिरावट आएको छ । आइतबार २.८० अंकले घट्दै १९ सय ३१ अंकमा अडिएको बजारमा सोमबार थप २३.६४ अंकले नेप्से घट्दै १९ सय ८.०४ अंकको विन्दुमा झरेको हो । २३ अंक बढीले नेप्से सूचक घट्दै गर्दा यता आज कारोबार रकम समेत ९२ करोड ७८ हजार रुपैयाँमा सीमित हुन पुगेको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । बैङ्किङ समूहको उपसूचक  १.०२ प्रतिशतले घटेको छ भने विकास बैङ्क समूहको उपसूचक १.८८ प्रतिशतले, माइक्रो फाइनान्स समूह १.६७ प्रतिशतले, इन्भेस्टमेन्ट समूह १.५८ प्रतिशतले घटेको छ । 

Read More
  • EBL Ad news