काठमाडौं : भारतको एउटै कम्पनीको बजार पुँजीकरण नेपालको पूरै मार्केटको क्यापभन्दा धेरै रहेको छ । यसरी पूरै नेप्सेको भन्दा बढी मार्केट क्याप हुने कम्पनीहरु भारतमा अहिले २७ वटा रहेका छन् । बीएसइको तथ्यांक अनुसार प्रत्येक २७ कम्पनीको पुँजीकरण नेप्सेको भन्दा धेरै पुगेको हो । सबैभन्दा धेरै बजार पुँजीकरण रिलायन्स इन्डस्ट्रिजको रहेको छ । यसको मार्केट क्याप २५४ खर्ब रुपैयाँ (नेरु) भन्दा धेरै छ ।
दोस्रोमा टाटा कन्सल्ट सर्भिसको १८६ खर्ब रुपैयाँको बजार पुँजीकरण छ । यस्तै, एजडीएफसी र आइसीआइसीआर्इ बैंकको पनि १०० खर्ब भन्दा बढी पुँजीकरण छ । यी कम्पनीहरु बम्बे स्टक एक्सचेन्जमा सूचीकृत छन् । तथ्यांक अनुसार नेस्ट्ले बजार पुँजीकरणको हिसाबले अन्तिम स्थानमा रहेको छ । यस कम्पनीको पुँजीकरण ३० खर्ब रुपैयाँ भन्दा धेरै छ ।






