लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८० बैशाख ०३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा श्री सुमन आचार्य लाई नियुक्ती गरेको छ । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत श्री सुमन आचार्य ले त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ बर्षभन्दा बढिको कार्य अनुभव हासिल गर्नुभएको छ । उहाँले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. मा केन्द्रिय बिभाग (व्यवस्थापन), किर्तीपुर को शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत श्री कृष्ण चन्द्र रेग्मी अवार्ड बाट समेत सम्मानीत हुनुभएको थियो ।
उहाले आफ्नो बैंकिङ्ग करियर सन् २००० मा साबिक नेपाल क्रेडिट एण्ड कर्मस बैंक लिमिटेड बाट व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सुरु गरी सिभिल क्यापिटल मार्केट लिमिटेडको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भुमिका पनि निर्वाह गर्नुभएको थियो । उहाले बिभिन्न बैंक तथा बित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि सफलता हासिल गर्नुभएको थियो । उहाँको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।








