दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आईपीओमा आज अन्तिम दिनसम्ममा करिब साढे १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०३ बजेसम्ममा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२ हजार ६२० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरको ११.६० गुणा बढी हो ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।
जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।






