सेयर बजारको खराब सुरुवात : २ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारको खराब सुरुवात : २ अंकले नेप्से घट्दा ९६ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा २ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २.८० अंकले घट्दै १९ सय ३१.६८ अंकको विन्दुमा ओर्लिएको हो । 

उसो त २ अंकले घटेको बजारमा आज कारोबारसमेत ९६ करोड ६६ लाख २२ हजार रुपैयाँमा झरेको छ । आज चार वटा उपसूचक बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।  बैङ्किङ समूहको उपसूचक झिनो ०.०१ प्रतिशतले मात्र बढेको छ भने होटेल तथा पर्यटन समूहको उपसूचक ४.६५ प्रतिशतले, जीवन बीमा समूह ०.०९ प्रतिशतले र निर्जीवन बीमा ०.२२ प्रतिशतले बढेको छ । अन्य ९ वटा उपसूचक १ प्रतिशत कमले घटेका छन् । 

Read More
  • EBL Ad news