भूगोल इनर्जिको आईपिओ बाँडफाँड: ३ जनाले पाए ११ कित्ता शेयर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भूगोल इनर्जिको आईपिओ बाँडफाँड: ३ जनाले पाए ११ कित्ता शेयर

भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । ति मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र भेरिफाई भएको क्यापिटलले जनाएको छ ।  जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।  गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ताको दरले शेयर पाएका छन् भने १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपिओ बिक्री गरेको थियो । 

Read More
  • EBL Ad news