गएको एक वर्षमा शेयर बजारको विकासका लागि भएका दश कामहरू


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गएको एक वर्षमा शेयर बजारको विकासका लागि भएका दश कामहरू

सम्वत् २०७९ नेपालको पुँजी बजारका लागी सुखद रहेन । तथापि पुँजी बजारलाई केही व्यवस्थित गर्न र आधुनिकीकरणको मार्गमा अघि बढाउन कतिपय नीतिगत त कतिपय व्यवहारिक कामहरू भएका छन् । त्यसै गरी विश्वमा विकास भएका नवीनतम प्रविधिद्वारा नेपालको पुँजी बजारलाई समेत सहज, सरल, विश्वासिलो र भरपर्दो बनाउने काम समेत यो वर्ष भएका छन् । हेरौँ, बितेको एक वर्षमा केके उल्लेखनीय काम भए :

'डेडीकेटेड टिएमएस'का लागि नियमावलीमा संशोधन

नेप्सेको कारोबार प्रणालीसँग आबद्ध हुने गरी धितो पत्र दलाल तथा धितो पत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) स्थापना गर्न सक्ने व्यवस्था लागू गरिएको छ । धितोपत्र दलाल तथा व्यापारीले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्न तथा लगानीकर्ताहरूले विकसित बजारमा उपलब्ध भएका विशेषता तथा सुविधा सहितको सेवा प्राप्त गर्न सक्ने गरी धितो पत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को तेस्रो संशोधन गरी २०७९ वैशाख १६ देखि लागू गरिएको हो । हाल धितो पत्र दलाल व्यवसायीको 'डेडीकेटेड टिएमएस' प्रणाली बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । यसबाट धितो पत्र कारोबार प्रतिस्पर्धी, स्वच्छ र पारदर्शी भएको छ ।

Read More
  • EBL Ad news