दोल्ती पावरको आईपीओमा करिब साढे ८ लाखको आवेदन, ७.४३ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोल्ती पावरको आईपीओमा करिब साढे ८ लाखको आवेदन, ७.४३ गुणा बढी शेयर माग

दोल्ती पावर कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ८ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ः०३ बजेसम्ममा ८ लाख ४६ हजार ५३२ आवेदकबाट ९४ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको ९४ लाख ५४ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरको ७.४३ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

Read More
  • EBL Ad news