वर्षको अन्तिम दिन २९.०७ अंकले घट्यो नेप्से


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वर्षको अन्तिम दिन २९.०७ अंकले घट्यो नेप्से

नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अंकले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अंकमा सीमित भएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर एक अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ दशमलव ७७ रुपैयाँमा कारोबार भएका छन् । कारोबारमा भएका कम्पनीमध्ये आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Read More
  • EBL Ad news