विश्वका प्रमुख प्राविधिक कम्पनीहरूले गरे ठूलो संख्यामा कर्मचारी कटौती
काठमाडौँ — सरकारले आउँदो वर्ष २०८०/८१ सम्म सम्पन्न गर्ने भनेर तयार गरेको डिजिटल नेपाल फ्रेमवर्कका आठ कार्यक्षेत्रमध्ये एक वित्त क्षेत्रमा मात्रै खास प्रगति देखिएको विज्ञहरूले बताएका छन् । डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जालगायत क्षेत्रमा भने डिजिटल रूपान्तरणका लागि उल्लेख्य काम नभएको उनीहरूको भनाइ छ ।
पाँच वर्षमै सक्ने भनेर चार वर्षअघि तयार पारिएको उक्त अवधारणाअनुरूप आवश्यक सम्पूर्ण प्रणाली (इकोसिस्टम) निर्माण नभइन्जेल नेपालको डिजिटल अर्थतन्त्रले आफ्नो वास्तविक आकार नपाउने विज्ञहरूको राय छ । ‘डिजिटल नेपाल फ्रेमवर्कमा सरकारले लक्ष्य लिएकामध्ये वित्त क्षेत्रमा मात्रै पर्याप्त नवप्रवर्तन, सुधार र परिवर्तन देखिएको छ,’ डिजिटल अर्थतन्त्रबारे जानकार नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले कान्तिपुर कन्क्लेभ–२०२२ को ‘डिजिटल रूपान्तरणको लाभ’ सत्रमा भनेका थिए, ‘हामीलाई स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जालगायत सबै क्षेत्रको डिजिटाइजेसन चाहिएको छ । यी सबैको डिजिटाइजेसन भएपछि सबैलाई एकीकृत गर्न फिन–टेकले मुख्य भूमिका खेल्नेछ ।’ ...







