दोल्ती पावरको आइपीओमा ६४ लाख ८० हजार कित्ताका लागि पर्यो आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोल्ती पावरको आइपीओमा ६४ लाख ८० हजार कित्ताका लागि पर्यो आवेदन

काठमाडौं : दोल्ती पावर कम्पनीको आइपीओमा ६४ करोड ८० लाख ३२ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज चैत २९ गते) सम्म ५ लाख ७८ हजार ३११ जनाले ६४ लाख ८० हजार ३२० कित्तका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०९५ गुणा बढी आवेदन हो । 
 

कम्पनीले मंगलबार (चैत २८ गते) देखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५% अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।

Read More
  • EBL Ad news