करिब एक वर्षपछि नेप्से सूचक ९२ अंकले बढ्यो, के भन्छन लगानीकर्ता ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
करिब एक वर्षपछि नेप्से सूचक ९२ अंकले बढ्यो, के भन्छन लगानीकर्ता ?

करिब एक वर्षपछि आज बुधबार नेप्से सूचक उच्च अंकले बढेको छ । यस दिन नेप्से सूचक ४.९३ प्रतिशत अर्थात ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेर बन्द भएको हो ।

गत असार १२ गते नेप्से सूचक ५.१० प्रतिशत अर्थात ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको थियो । त्यस पश्चात करिब १० महिनामा आज बुधबार सोही अंकको हाराहारीमा बढेको हो । त्यस अघि बैशाख ११ गते पनि नेप्से सूचक ४.११ प्रतिशत अर्थात ९५.५१ अंकले बढेर २४२०.९६ विन्दुमा पुगेको थियो । त्यस दिन २ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

लामो समय पछि शेयर बजारमा देखिएको सुधार स्वभाविक देखिएको शेयर बजारका लगानीकर्ता नयन बास्तोलाको भनाई छ । 'आजको बजारको वृद्धिलाई मैले स्वभाविक रुपमा लिएको छु । किनभने शेयर बजार र ब्याजदरको एउटा सम्बन्ध हुन्छ । आजको बजारले त्यो सम्बन्धलाई न्याय गरेको छ,' उनले भने । नेपाल बै‌ंकर्स स‌ंघले बैशाख महिनादेखि लागु हुने गरी मुद्दती निक्षेपमा १‌.१   प्रतिशत विन्दुले ब्याजदर घटाएकाे छ। मुद्दती निक्षेपकाे ब्याजदर एकल अ‌ंकमा अर्थात ९‍‌‍.९९ प्रतिशतमा आएकाे छ । यसले पनि बजार बढाउन मदत पुगेकाे हाे ।

Read More
  • EBL Ad news