काठमाडौं : बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा रौनकता छाएको छ । नेप्से सूचकका साथमा कारोबार रकममा समेत तेजी आएको छ । बुधबार यो समाचार तयार पार्दासम्म (करिब १२ः४७ बजे) नेप्से सूचक ५८ अंकले बढिसकेको छ भने झन्डै ८३ करोडको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट पनि लागेको छ । बुधबारमात्रै बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको छ । ...






