मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बुधबार दिउँसो क्यापिटल कै कार्यालयमा आईपिओ बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकको संख्या १२ लाख ८१ हजार ४ सय २ कायम भएको छ । ...





