दोल्ती पावरको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन, २.२३ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दोल्ती पावरको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन, २.२३ गुणा बढी शेयर माग

दोल्ती पावर कम्पनी लिमिटेडले आज चैत २८ गतेदेखि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०३ बजेसम्ममा २ लाख ५३ हजार ५५६ आवेदकबाट २८ करोड ३६ लाख ७१ हजार रुपैयाँ बराबरको २८ लाख २६ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरको २.२३ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो ।

जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

Read More
  • EBL Ad news