मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेको छ।
यस दिन नेप्से १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ९१ करोड १९ लाख ७६ हजार ४९ रुपैयाँ बराबरको कारोबार भएकोमा उक्त रकम बढेर यस दिन ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ पुगेको छ।
यस दिन २६२ वटा धितोपत्रको ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भएको हो।






