कारोबारमा आएको पहिलो दिन नै म्युचुअल फण्डहरुको सेलिङ्ग प्रेशर देखिएको सानिमा मिडिल तमोर हाइड्रोपावर (TAMOR) को शेयर दोस्रो भने घटेको छ। मंगलबार प्रि ओपन सेसनमा सर्किट लेभल अर्थात २ प्रतिशत बढेर कारोबार भएको कम्पनीको शेयर नियमित कारोबार अवधिको सुरुवातमा भने घटेको छ।
सोमबार कारोबार अवधिभर कम्पनीको १२ हजार ७७८ पटकको कारोबारमा कुल २ लाख ६ लाख २४७ कित्ता शेयर खरिदबिक्री भएको थियो। जसमध्ये ४१.२० प्रतिशत शेयर म्युचुअल फण्डहरुले बिक्री गरेका थिए। सो दिन म्युचुअल फण्डहरुले कुल ८४ हजार ९६७ कित्ता शेयर बिक्री गरेका थिए। बाँकी १ लाख २१ हजार २८० कित्ता शेयर भने सर्वसाधारणले बिक्री गरेका थिए।






