ट्विटरलाई मस्कले बनाइदिए 'टिटर'!


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्विटरलाई मस्कले बनाइदिए 'टिटर'!

ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कले कम्पनीको नाम नै परिवर्तन गरिदिएका छन्। 

अमेरिकाको सन फ्रान्सिस्कोस्थित ट्विटरको मुख्य कार्यालय अगाडि रहेको बोर्डको नाममा सिइओ मस्कले हेरफेर गरेका हुन्। मस्कले मुख्य कार्यालय बोर्डमा लेखिएको 'TWITTER' बाट 'W' हटाएर 'TITTER' (टिटर) बनाएका छन्। 

उनले सोमबार एक ट्विटमार्फत आफूलाई कम्पनीको नाम 'टिटर' राख्ने इच्छा व्यक्त गरेका छन्। तर नाम परिवर्तन गर्न नमिलेका कारण उनले मुख्य कार्यालयको बोर्डबाट अंग्रेजी अक्षर डब्ल्यू 'W' हटाएका हुन्। 

ट्विटमा उनले भनेका छन्, 'सान फ्रान्सिस्कोमा रहेको हाम्रो मुख्य कार्यालयको बोर्डमा कानुनी नाम राख्नुपर्ने हुन्छ। कानुनी रूपमा डब्ल्यू हटाउन मिलेन। त्यसैले त्यो अक्षरलाई रंग लगाएर छोप्यौं। समस्या समाधान भयो।'

Read More
  • MBL - below news