नेप्सेमा सामान्य अङ्कको सुधार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा सामान्य अङ्कको सुधार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ०२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ६१ वटा कम्पनीको २९ लाख ६० हजार आठ सय ६३ कित्ता शेयर ३५ हजार पाँच सय ४९ पटक खरिदबिक्री हुँदा रू ९१ करोड १९ लाख ७६ हजार बराबरको कारोबार भएको छ । आज वित्त समूह एक दशमलव ६३ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ५३ दशमलव ५१ र निर्जीवन बीमा समूहको उपसूचक ३१ दशमलव ०६ अङ्कले बढेको छ ।

Read More
  • EBL Ad news