लुम्बिनी विकास बैंकद्धारा ललितपुरको लेले स्थित थप नयाँ ATM को उद्घाटन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकद्धारा ललितपुरको लेले स्थित थप नयाँ ATM को उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ चैत २७ गते थप एक ATM को उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले सेवा विस्तार गर्ने क्रममा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ०५ स्थित आफ्नो लेले एक्सटेन्सन काउन्टर बाट ATM को सेवा शुरु गरी स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको छ । उक्त उद्घाटन कार्यक्रमको सभापतित्व बैंकका मुख्य प्रबन्धक श्री दिपक खनालले गर्नुभएको थियो साथै ATM को उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष श्री मिलन सिलवालले गर्नुभयो । उक्त समारोहमा अतिथिको रुपमा गोदावरी नगरपालिकाका वडा नं. ५ का वडा सचिव श्री बाल कृष्ण सिलवाल र मध्य ललितपुर कृषि विकाश सहकारी संस्थाका अध्यक्ष श्री बच्चु राम सिजापतिले गर्नुभयो ।

साथै, उक्त समारोहमा बैंकका कर्मचारीहरु, स्थानिय व्यवसायीहरु एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा मध्य ललितपुर कृषि विकास सहकारी संस्थाका अध्यक्ष श्री बच्चु राम सिजापतीले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको आज थप एक नयाँ ATM को उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा २० वटा ATM मार्फत् सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंकले निरन्तर सहयात्रा भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिक रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

  • MBL - below news