सानिमा मिडल तमोरको पहिलो दिन डेढ घण्टामै पौने दुइ लाख कित्ता शेयर कारोबार, म्युचुएल फन्डले शेयर बेच्दै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा मिडल तमोरको पहिलो दिन डेढ घण्टामै पौने दुइ लाख कित्ता शेयर कारोबार, म्युचुएल फन्डले शेयर बेच्दै

सानिमा मिडल तमोर हाइड्रापावर लिमिटेडको पहिलो दिनको कारोबारमै म्युचुएल फन्डहरुले टन्न शेयर बिक्रीमा राखेका छन् । यो समाचार तयार पार्दा सम्म यो कम्पनीको झन्डै पौने २ करोड कित्ता शेयर कारोबार भइसकेको छ । त्यसमध्ये पनि १० कित्ता बढीको शेयर कारोबार पनि ५ सय भन्दा बढी पटक कारोबार भइसकेको छ ।

सोमबार यो कम्पनीको पहिलो कारोबार भएको थियो । नेप्सेले ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९४ रुपैयाँ २९ पैसाको ओपनिङ रेन्ज दिएकोमा प्रि सेसनमा पहिलो कारोबार नै २९५ रुपैयाँमा भएको थियो ।

नियमित कारोबारमा सर्किट ब्रेक लागेर ३२४ रुपैयाँ ५० पैसासम्म कारोबार पुगेको थियो । करिब डेढ घण्टाको दौरान कम्पनीका १ लाख ६० हजार कित्ता कारोबार भइसकेको छ । सर्वसाधारण लगानीकर्ताले आइपीओमार्फत १० कित्ता मात्रै हात पार्ने गर्दछन् । म्युचुएल फन्डले ५ प्रतिशत आरक्षणमार्फत पाएको शेयर नै पहिलो कारोबार दिन बिक्रीमा राखेको कम्पनीको फ्लोर सिटको आधारमा भन्न सकिन्छ । १० कित्ताभन्दा माथि कारोबार भएका सबै शेयर म्युचुएल फन्डले नै बिक्रीमा राखेका हुन । सानिमा मिडल तमोरको फ्लोर सिट अध्ययन गर्दा सोमबार अधिकतम एकै कारोबारमा ६८३१ कित्तासम्म कारोबार भएको देखिएको छ । ५ सय भन्दा धेरै पटक कारोबार १० कित्ता भन्दा धेरै देखिएको छ ।

Read More
  • EBL Ad news