सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएका अध्यक्ष श्री उज्ज्वल सत्यालज्यूले आज नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती नीलम ढुङ्गना तिम्सिनाज्यू समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालज्यूद्वारा अन्य संचालकज्यूहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्नुहुनेछ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।







