काठमाडौं : भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा १ अर्ब ७ करोड ३२ लाख ३५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आजसम्म ९ लाख ४८ हजार २०५ जनाले १ करोड ७ लाख ३२ हजार ३५० कित्तका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.९६ गुणा बढी आवेदन हो । कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।






