काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २८.३१ अंकले घटेर १८३८.४८ बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७ सय १३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।






