काठमाडौं : भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ६७ करोड ६९ लाख ७५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज (चैत २४ गते) सम्म ५ लाख ८७ हजार ७०९ जनाले ६७ लाख ६९ हजार ७५० कित्तका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०२ गुणा बढी आवेदन हो । कम्पनीले बिहीबार (चैत २३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये १०% (१ लाख ८ हजार ८११ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% (७१ हजार ९१६ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसमध्येबाट बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।






