२०७८ भदौ २ गते सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दु ३१९८ मा थियो। सो दिन बजारमा २१ अर्ब रूपैयाँको सेयर किनबेच भएको थियो।
यसरी बजार उच्च बिन्दुमा भएको दिन लगानी गरेकाहरूलाई अहिले सेयरमूल्यमा आएको परिर्वतनको आधारमा ८० प्रतिशतसम्म नोक्सान भएको देखिन्छ। सेयर बिक्री नगर्दासम्म यो नोक्सान वास्तविक नोक्सान होइन।
मूल्य मात्र घटेको हो। तर, यदी २०७८ भदौ २ मा कसैले सेयर खरिद गरेको थियो र यस बिहीबार चैत २३ गते सेयर बिक्री नै गरेको अवस्थामा भने लगानीकर्तालाई यही दरमा नोक्सान भएको छ।






