काठमाडौं : भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा ३१ करोड १० लाख ४१ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिनसम्म २ लाख ६१ हजार ४९६ जनाले ३१ लाख १० हजार ४१० कित्तका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २.३० गुणा बढी आवेदन हो । कम्पनीले आज (चैत २३ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।





