१८६६ अंकमा झर्‍यो सेयर बजार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१८६६ अंकमा झर्‍यो सेयर बजार

काठमाडौँ — साता कारोबारको अन्तिम दिन सेयर बजार घटेर १८६६ अंकमा अडिएको छ । अघिल्लो दिन  ८ अंक बढेको बजार यस दिन ८ अंक नै घटेको हो । कारोबार रकम हिजोको तुलनामा १० करोड बढेको छ । ९१ अर्ब २७ करोडको कारोबार भयो । ४३ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ३ को स्थिर रहृयो ।

बैंकिङ ०.५४, निर्जीवन बीमा १.६९ तथा ब्यापार उपसमूह ४ अंक बढे । विकास बैंक ४२, फाइनान्स २२, होटल तथा पर्यटन ९, जलविद्युत् २८, जीवन बीमा १८, उत्पादन १९, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह १० अंक घटे । कालिन्चोक दर्शनको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो भने सामलिङ पावरको सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैंक क्रमश अगाडि रहे ।

Read More
  • EBL Ad news