बैंकहरुको सेयर ‘सर्ट सेलिङ’ गर्दा हेज फन्डहरुले कमाए ७ अर्ब डलर बढी नाफा, सन् २००८ यताकै उच्च


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकहरुको सेयर ‘सर्ट सेलिङ’ गर्दा हेज फन्डहरुले कमाए ७ अर्ब डलर बढी नाफा, सन् २००८ यताकै उच्च

काठमाडौं : हेज फन्डहरुले हालैको बैकिङ संकटको समयमा बैंकहरुको सेयर ‘सर्ट सेलिङ’ गरेर ७ अर्ब डलर भन्दा बढी नाफा कमाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार बैंकको सेयर विरुद्ध ‘बेट’ लगाएर हेज फन्डहरुले कमाएको उक्त नाफा सन् २००८ को वित्तीय संकटयताकै सबैभन्दा उच्च हो । अमेरिकी बैंकहरुमा देखिएको संकट र स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंक ‘क्रेडिट सुइस’ को आपतकालीन बिक्रीले विश्वभरको बैंकिङ क्षेत्रमै हलचल ल्याएको थियो । 

 

संकटको समयमा बैंकहरुको सेयर भाउमा आएको उच्च गिरावट फाइदा उठाउँदै हेज फन्डहरुले ठूलो नाफा कमाएका हुन् । सर्ट सेलरहरुले सेयर सापटी लिएर बिक्री गर्ने र घटेको बेला खरिद गरी फिर्ता गर्ने गर्दछन् । जसमा अमेरिकाको हाल बन्द भएको सिलिकन भ्याली बैंक विरुद्ध लिएको ‘सर्ट पोजिसन’ बाट मात्रै हेज फन्डहरुले १.३ अर्ब डलर अनुमानित नाफा कमाएको फाइनान्सियल टाइम्सले रिपोर्ट गरेको छ । 

Read More
  • EBL Ad news